Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

युक्रेनको मारियुपोल शहर रुसको कब्जामा

युक्रेनको मारियुपोल शहर रुसको कब्जामा

  • शनिवार, जेठ ७ २०७९

  • 598
    SHARES

  • युक्रेनको मारियुपोल शहर रुसको कब्जामा

    एजेन्सी । युक्रेनको मारियुपोल शहरमा कब्जा गरेको रुसले घोषणा गरेको छ । युक्रेनको बन्दरगाह शहर मारियुपोल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो ।

    ५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेसँगै मारियुपोल शहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिएका छन् ।

    मारियुपोल शहरको स्टिल कारखाना रुसी सेनाको घेराबन्दीका कारण फसेका आफ्ना सयौं नागरिक र सैनिकको ज्यान बचाउन ठाउँ छोड्ने अनुमति दिएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उल्लेख गरेका छन् । रुसले सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन गरेको महिनौंको हमलाका कारण मारियुपोल शहर ध्वस्त भएको छ ।

    सोही ठाउँका भवन तथा उद्योगहरू रुसी आक्रमणबाट भग्नावसेशमा रुपान्तरण भएका छन् ।


    शनिवार, जेठ ७ २०७९०१:०२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij