Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सूर्योदयको प्रमुखमा नेकपा एसका राई दोस्रो कार्यकालका लागि निर्वाचित

सूर्योदयको प्रमुखमा नेकपा एसका राई दोस्रो कार्यकालका लागि निर्वाचित

  • शनिवार, जेठ ७ २०७९

  • 559
    SHARES

  • सूर्योदयको प्रमुखमा नेकपा एसका राई दोस्रो कार्यकालका लागि निर्वाचित

    इलाम । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह नगर इलामको सूर्योदयमा नेकपा एसका रणबहादुर राई निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राईले नेकपा एमालेका उम्मेदवार काजिमान कागतेलाई पराजित गरेका हुन् ।

    काजिमान कागते प्रदेश सासंदबाट राजीनामा दिएर दिएर नगरपालिका प्रमुखको उम्मेदवार बनेका थिए । राई सूर्योदय नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । राईले १२ हजार ४३१ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका कागतेले दश हजार ५७९ मत पाएका छन् । राईले कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गरेका हुन् ।

    राई २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार भएर नगरप्रमुख निर्वाचित भएका थिए । एमाले विभाजनपछि राई नेकपा एसमा लागेका थिए । नगरपालिकाको उपप्रमुखमा भने कांग्रेसका दुर्गा बराल निर्वाचित भएका छन् । उनले एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईलाई पराजित गरेका हुन् । गठबन्धनबाट उम्मेदवार बनेका बरालले ११ हजार ८५४ मत प्राप्त गरेका छन् भने भट्टराईले नौ हजार १२२ मत प्राप्त गरिन् ।

    २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी भट्टराई उपप्रमुखमा निर्वाचित भएकी थिइन् । 


    शनिवार, जेठ ७ २०७९११:२०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij