Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

६८४ स्थानीय तहको मत परिणाम सार्वजनिक, कसले कतिमा जिते ?

६८४ स्थानीय तहको मत परिणाम सार्वजनिक, कसले कतिमा जिते ?

  • शनिवार, जेठ ७ २०७९

  • 615
    SHARES

  • ६८४ स्थानीय तहको मत परिणाम सार्वजनिक, कसले कतिमा जिते ?

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

    देशभरका ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ८४ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले ३ सय ५ स्थानीय तहमा जित हासिल गरेको छ भने १९ स्थानमा अग्र स्थानमा रहेको छ ।

    यस्तै नेकपा एमाले १ सय ८६ पालिकामा विजयी हुँदा १८ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय १६ स्थानमा जित हाँसिल गरेको छ भने ५ स्थानमा अगाडी रहेको छ ।

    अन्य तर्फ २७ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ५ स्थानीय तहमा अगाडी छन् । जनता समाजवादी पार्टी (जसपा)ले २३ स्थानमा जित निकालेको छ भने ११ स्थानमा अगाडी रहेको छ । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १० स्थानमा विजयी हुँदा ६ स्थानमा अगाडि छ ।


    शनिवार, जेठ ७ २०७९०८:२०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij