Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बालेनले कटाए ३१ हजार

बालेनले कटाए ३१ हजार

  • शनिवार, जेठ ७ २०७९

  • 746
    SHARES

  • बालेनले कटाए ३१ हजार

    काठमाडौं– काठमाडौं महानगरमा मेयर पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३१ हजार मत कटाएका छन् ।

    पछिल्लो मत परिणामअनुसार लौरो चुनाव चिह्न लिएर लडेका साहले ३१ हजार १५ मत प्राप्त गरेका छन् । उनले मतगणनाको सुरुवातबाट नै अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा रहेका नेकपा (एमालेका) उम्मेदवार केशव स्थापितले भने १६ हजार ५२७ मत ल्याएका छन् ।

    त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १६ हजार २२४ मत ल्याएकी छिन् । महानगरको उपप्रमुखमा एमालेकी सुनिता डंगोल २६ हजार ५७५ मतसहित अगाडि छन् । मतगणना जारी छ ।


    शनिवार, जेठ ७ २०७९०६:५०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij