Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमालेको विरासत भत्काउदै हेटौंडाको पहिलो महिला मेयर बनिन् लामा

एमालेको विरासत भत्काउदै हेटौंडाको पहिलो महिला मेयर बनिन् लामा

  • शनिवार, जेठ ७ २०७९

  • 864
    SHARES

  • एमालेको विरासत भत्काउदै हेटौंडाको पहिलो महिला मेयर बनिन् लामा

    मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको पहिलो महिला मेयरको रुपमा मीना कुमारी लामा निर्वाचित हुनु भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकिकृत समाजवादीकी लामा हेटौंडाको पहिलो महिला मेयरको रुपमा निर्वाचित भएकी हुन्।

    लामाले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्त पौडेललाइ २ हजार एकसय ५८ मतले पराजित गरेकी छन् । लामाले २३ हजार ६७ मत पाउँदा पौडेलले २० हजार नौ सय ८ मत पाएकी छन् । राप्रपाका उम्मेदवार दिपक सिंहले २० हजार पाँच सय ३१ मत प्राप्त गरेकी छन् ।

    त्यस्तैगरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । उनले ३२ हजार पाँच सय ९३ मत पाए भने उनका प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३ हजार नौ सय नौ र राप्रपा उम्मेदवार इन्दिरा न्यौपानेले पाचहजार ८ सय ८६ मत पाएका छन्।

    मेयरमा लामा निर्वाचित भएसँगै नेकपा एमालेको तीन दशक लामो विरासत भत्किएको छ । हेटौंडामा २०४८ सालदेखी निरन्तर रुपमा एमालेले विजयी हासिल गर्दै आएको थियो ।

     


    शनिवार, जेठ ७ २०७९०६:२१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij