Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

रौतहटको राजपुरमा अफताब आलमका छोरा मेयरमा विजयी !

रौतहटको राजपुरमा अफताब आलमका छोरा मेयरमा विजयी !

  • शुक्रवार, जेठ ६ २०७९

  • 489
    SHARES

  • रौतहटको राजपुरमा अफताब आलमका छोरा मेयरमा विजयी !

    काठमाडौं । रौतहटको राजपुर नगरपालिकाको मेयरमा कांग्रेसका मोहम्मद राजिक आलम विजयी भएका छन् । उनी जसपाका मोहम्मद जैद आलमलाई २ हजार ५ सय ७४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

    आलमले ६ हजार ३ सय ३५ मत पाउँदा मोहम्मद जैदले ३ हजार ७ सय ५१ मत पाए । राजपुरसँगै कांग्रेसले अहिलेसम्म रौतहटमा दुई पालिका जितेको छ ।

    निर्वाचन अधिकृतको कार्यालय राजपुरका अनुसार उपप्रमुखमा कांग्रेसकै जमिला असगरी ६ हजार २ सय ६८ मत ल्याई विजयी भइन् । असगरीले जसपाका चिन्ताकुमार कलवारलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरिन् । कलवारले ३ हजार ६ सय २९ मत पाए ।

    राजिक चिकित्सकसमेत हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाइरहेका बेला विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका सांसद मो. अफताब आलमका कान्छा छोरा हुन् ।

    आलमकै विरासत रहेको राजपुरमा राजिकले ‘लोकप्रिय’ मत पाएर जितेका हुन् । उनको प्रतिस्पर्धामा रहेका मोहम्मद जैद आलमका आफ्नै भान्जा स्वर्गीय मुस्ताक राजाका छोरा हुन् ।

    निर्वाचन कार्यालयका अनुसार ९ वडा रहेको राजपुरमा कांग्रेसले ४, ६ र ८ नम्बर वडा मात्र जितेको छ । माओवादीले १ र ९, जसपाले ३ र ७ नम्बर वडा जितेको छ । त्यस्तै एकीकृत समाजवादीले २ र एमालेले ५ नम्बर वडा जितेको छ ।


    शुक्रवार, जेठ ६ २०७९०२:४५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij