Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बाँकेको जानकीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका खाँ र यादव निर्वाचित

बाँकेको जानकीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका खाँ र यादव निर्वाचित

  • शुक्रवार, जेठ ६ २०७९

  • 298
    SHARES

  • बाँकेको जानकीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका खाँ र यादव निर्वाचित

    नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

    शुक्रबार(आज) सकिएको मतगणनाले जानकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ र उपाध्यक्ष पदका उम्मेदवार रामप्यारी यादव निर्वाचित भएका हुन ।

    खाँले छ हजार छ सय ५३ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार हिमान्सु यादवलाई पराजित गरेका हुन । खाँले यादवलाई एक हजार आठ सय ५८ मत बढि प्राप्त गरेका छन् ।

    प्रतिद्धन्द्धी यादवले चार हजार सात सय ९५ मत प्राप्त गरेका छन् । भने जसपाका उम्मेदवार राजिव कुमार बर्माले दुई हजार नौ सय ३८ मत प्राप्त गरे ।

    यस्तै उपाध्यक्षमा रामप्यारीले निकटतम प्रतिद्धन्द्धी भूमिसरा धिताललाई पराजित गरेकी छन् । उनले धिताललाई तीन हजार चार सय ५३ मत बढिले पराजित गरेकी हुन ।

    राम प्यारीले छ हजार नौ सय नौं मत प्राप्त गरेकी छन् भने धितालले तीन हजार चार सय ५६ मत प्राप्त गरेकी छन् । धिताल यसअघिको कार्यकालकी गाउँपालिका उपाध्यक्ष भइसकेकी छन् ।

    जानकीमा यसअघि एमालेले जितेको थियो ।


    शुक्रवार, जेठ ६ २०७९०२:०९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij