Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

निर्वाचित भएको भोलिपल्टै विष्णुगोपाल वडाको काममा सक्रिय

निर्वाचित भएको भोलिपल्टै विष्णुगोपाल वडाको काममा सक्रिय

  • शुक्रवार, जेठ ६ २०७९

  • 318
    SHARES

  • निर्वाचित भएको भोलिपल्टै विष्णुगोपाल वडाको काममा सक्रिय

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थालेका छन् । उनले हेटौंडा-२ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन् ।

    वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम सुरु गरेको महर्जन बताउँछन् । कांग्रेसबाट उम्मेदवार बनेका महर्जन वडामा बागी उम्मेदवारसहित एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    हेटौंडा उपमहानगरपालिकाबाटै अनिवार्य अवकाशप्राप्त इन्जिनियर महर्जन मकवानपुरमा होटल व्यवसाय, स्वास्थ्य संस्था सञ्चालकको रूपमा क्रियाशील छन् ।


    शुक्रवार, जेठ ६ २०७९११:२७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij