Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बुटवलको मेयरमा कांग्रेसका खेलराजले लिए अग्रता

बुटवलको मेयरमा कांग्रेसका खेलराजले लिए अग्रता

  • शुक्रवार, जेठ ६ २०७९

  • 698
    SHARES

  • बुटवलको मेयरमा कांग्रेसका खेलराजले लिए अग्रता

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ६ हजारभन्दा बढी मतान्तरले अग्रता लिएका छन् ।

    उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले १७ हजार ३९ मत पाएका छन् । हालसमम् पाण्डेय ६३९४ मतले अघि छन् ।

    उपमेयरमा भने एमालेकी सावित्रा अर्याल निकटतम प्रतिस्पर्धी भन्दा ५४५६ मतले अघि छन् । अर्यालले १८ हजार ८७५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १३ हजार ४१९ मत पाएका छन् ।

    बुटवलमा सबैभन्दा धेरै १० हजार ३०० मत खसेको वडा नं ११ र ४२८० मत खसेको वडा नं। १२ को मतगणना जारी छ ।


    शुक्रवार, जेठ ६ २०७९१०:०५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij