काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । हालसम्म ६ सय २७ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
जसमध्ये नेपाली काँग्रेसले २ सय ७९ स्थानीय तहमा जित हाँसिल गरेको छ भने ४४ स्थानमा अगाडी रहेको छ । यसैगरी नेकपा एमाले १ सय ७५ पालिकामा विजयी हुँदा २३ स्थानमा अग्रस्थानमा छ । माओवादी केन्द्रले १ सय ११ स्थानमा जित हाँसिल गरेको छ भने ११ स्थानमा अगाडी रहेको छ ।
अन्य तर्फ २३ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ११ स्थानीय तहमा अगाडी छन् ।
जनता समाजवादी पार्टी (जसपा)ले १८ स्थानमा जित निकालेको छ भने १७ स्थानमा अगाडी रहेको छ । नेकपा एकीकृत समाजवादीले १४ स्थानमा जितेको छ भने ५ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ७ स्थानमा विजयी हुँदा ५ स्थानमा अगाडी छ ।