Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सुर्खेतको सिम्ता गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

सुर्खेतको सिम्ता गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

  • शुक्रवार, जेठ ६ २०७९

  • 324
    SHARES

  • सुर्खेतको सिम्ता गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

    सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन् ।

    अध्यक्षमा एमालेका ऐनबहादुर चन्द विजययी भएका हुन् । चन्द ६ हजार १ सय ७० मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका वीरेन्द्र रावतले ५ हजार ८ सय ५२ मत ल्याए ।

    उपाध्यक्षमा गोमा रेग्मीले ६ हजार ९१ मत ल्याएर विजयी भइन् । गठबन्धनतर्फबाट माओवादी केन्द्रका चित्रबहादुर हमालले ५ हजार ३ सय ११ मत ल्याए ।

    सिम्ता गाउँपालिकामा ९ वटा वडामध्ये १,२,३,४,५ एमाले र ६, ७, ८ र ९ गठबन्धन दलबाट नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् ।


    शुक्रवार, जेठ ६ २०७९०८:५८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij