Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कागेश्वरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

कागेश्वरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

  • शुक्रवार, जेठ ६ २०७९

  • 364
    SHARES

  • कागेश्वरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले निर्वाचित

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की निर्वाचित हुँदा उपमेयरमा एमालेकी शान्ता थापाले विजय प्राप्त गरिन् ।

    शुक्रबार बिहान सकिएको मतगणना अनुसार कागेश्वरी मनोहराको मेयरमा कांग्रेसका उपेन्द्र कार्की ११ हजार ३ सय २२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामशरण ढुंगानालाई पराजित गरेका छन् । ढुंगानाले ८ हजार २ सय ६३ मत प्राप्त गरे ।

    उपमेयरमा निर्वाचित एमालेकी उम्मेदवार शान्ता थापाले ९ हजार ९ सय ७५ मत प्राप्त गरिन् । उनले सत्तारुढ गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार भोला चापागाईंलाई पराजित गरिन् । चापागाईंले उपमेयरमा ५ हजार ४ सय २२ मत प्राप्त गरेका छन् ।

     


    शुक्रवार, जेठ ६ २०७९०७:१३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij