काठमाडौँ । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । यो समाचार तयार पार्दासम्म देशभरका ५७२ पालिकाको नतिजा सार्वजनिक हुदाँ काँग्रेसले २५३ स्थानीय तहमा जित हासिल गरेको छ ।
यसैगरी अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा खस्किएको छ । नतिजाअनुसार एमालेले १६५ स्थानीय तह जितेको छ । एमालेले भन्दा काँग्रेसले ८८ पालिका बढी जितेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार अझैपनि काँग्रेसले ६७ स्थानमा अग्रता बनाएको छ भने एमालेले ३४ स्थानमा अग्रता बनाएको छ ।
यस्तै १०५ स्थानीय तहमा जित हासिल गरेको माओवादी केन्द्रले १३ स्थानमा अझै अग्रता बनाएको छ । नतिजाअनुसार माओवादी केन्द्रको तेस्रो स्थान कायम हुने देखिएको छ ।
यस्तै एकीकृत समाजवादीे पार्टीले १२ स्थानमा विजय हासिल गर्दा ७ स्थानीय तहमा अझै अग्रता कायमै गरेको छ । मधेसी दलसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले भने २७ स्थानमा जित हासिल गर्दा ३३ वटामा अग्रता रहेको छ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरसहित केही पालिकामा गठबन्धन भएको थियो भने एमालेले पनि राप्रपासहितका केही साना पार्टीसँग गठबन्धन गरेको थियो ।