Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

रेशमको पार्टीबाट विजयी डगौंरा खड्कबहादुर सिंहको शालिकमा निहुरिँदा

रेशमको पार्टीबाट विजयी डगौंरा खड्कबहादुर सिंहको शालिकमा निहुरिँदा

  • बिहिवार, जेठ ५ २०७९

  • 632
    SHARES

  • रेशमको पार्टीबाट विजयी डगौंरा खड्कबहादुर सिंहको शालिकमा निहुरिँदा

    काठमाडौं । कैलालीको टिकापुर नगरपालिकामा भर्खरै गठन भएको नागरिक उन्मुक्ति पार्टीले जित दर्ता गरेको छ ।

    टिकापुर नगरपालिकाको मेयरमा रामलाल डगौरा थारु विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका नवराज रावललाई तीन हजार मत अन्तरले पराजित गरेका हुन् ।

    डगौराले ९ हजार ६ सय ४२ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार रावलले ६ हजार ६ सय ४२ मत पाएका थिए । उपमेयरमा भने माओवादी केन्द्रका खडक शाह ७ हजार ९ सय ५५ मतसहित विजयी भएका हुन् ।

    मेयरमा विजयी डगौंराले टिकापुरमा भड्किएको सद्भावलाई मिलाएर लैजाने बताएका छन् । उनले कुनै जात विशेष नभइ समग्र टिकापुरबासीको पक्षमा काम गर्ने बताएका हुन् ।

    खड्कबहादुर सिंह र रेशम चौधरीलाई सम्झिँदा

    यतिबेला रेशम चौधरी काराबासको जीवन व्यतित गरिरहेका छन् । टिकापुरमा भएको नरसंहारको योजनकारको आरोप लागेसँगै उनी कारागारमा छन् । कारागारमा रहेपनि चौधरीले आफू निर्दोष रहेको विभिन्न प्रमाण राज्य सामू बिसाइरहेका छन् ।

    यसअघि प्रतिनिधिसभाको निर्वाचनमा भारी मतले विजयी भएका चौधरीको पार्टीले अहिले स्थानीय तहको निर्वाचनमा शानदार मत ल्याएको छ । टिकापुर, जोशीपूरलगायतका पालिकामा नागरिक उन्मुक्ति पार्टी जबरजस्त देखिएको छ ।

    निर्वाचनमा विजयी भएको मात्र नभइ आफूमाथि ठूलो जिम्मेवारी थपिएको बताएका मेयर रामलाल डगौंराले शुरुमा टिकापुर शहर निर्माता खडकबहादुर सिंहलाई सम्झिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष राञ्जिता श्रेष्ठले पनि सिंहको योगदानलाई थप मलजल गर्ने बताइन ।

    विजय उत्सवमा सहभागीहरुले अब भने टिकापुरको विकासले गति लिने अपेक्षा गरेका छन् । लामो समय जातीय राजनीति हाबी भएको टिकापुरमा अब भने तोडिएको छ । थारु समाजका डगौंराले धेरै पहाडी समुदायको मत बटुलेका छन् ।

    हिजो खडकबहादुरको शालिक राख्न नमान्नेहरु अहिले पराजित भएको त्यहाँका स्थानीय बताउँछन् । इतिहासलाई नमान्नेहरुले हार मात्रै होइन अन्य धेरै नियती व्यहोर्नुपर्ने त्यहाँका स्थानीयको भनाइ छ ।

     


    बिहिवार, जेठ ५ २०७९०२:०४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij