Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सिंहदरबारभित्रै रुखको हाँगाले लागेर एकजनाको मृत्यु

सिंहदरबारभित्रै रुखको हाँगाले लागेर एकजनाको मृत्यु

  • बिहिवार, जेठ ५ २०७९

  • 360
    SHARES

  • सिंहदरबारभित्रै रुखको हाँगाले लागेर एकजनाको मृत्यु

    काठमाडौँ । सिंहदरबारभित्रै रुखको हाँगाले लागेर राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का एक कर्मचारीको मृत्यु भएको छ ।

    गय राति आएको हावाहुरीका कारण सिंहदरबारभित्र रहेको गुप्तचर कार्यालयको कम्पाउण्डमा रहेको रुखको हाँगा भाँचिएर राअविका सूचक विजय कार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनुभयो ।

    रुखको हाँगाले लागेर पाल्पा घर भएका २७ वर्षीय सूचक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पु¥याइएको थियो ।

    उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

     


    बिहिवार, जेठ ५ २०७९०१:१६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij