Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ललितपुरको गोदावरीमा काँग्रेसका प्रमुख र उपप्रमुख विजयी

ललितपुरको गोदावरीमा काँग्रेसका प्रमुख र उपप्रमुख विजयी

  • बिहिवार, जेठ ५ २०७९

  • 257
    SHARES

  • ललितपुरको गोदावरीमा काँग्रेसका प्रमुख र उपप्रमुख विजयी

    काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएका हुन् ।

    प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन् भने निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाए ।

    उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर काँग्रेसका अधिकारी विजयी भइन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत पाइन् ।


    बिहिवार, जेठ ५ २०७९०१:०४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij