Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पालिकाको अन्तिम परिणाम आउने क्रम जारी, कसले कतिमा जिते ?

पालिकाको अन्तिम परिणाम आउने क्रम जारी, कसले कतिमा जिते ?

  • बिहिवार, जेठ ५ २०७९

  • 788
    SHARES

  • पालिकाको अन्तिम परिणाम आउने क्रम जारी, कसले कतिमा जिते ?

    काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । पछिल्लो तथ्यांकअनुसार देशभरका ५६४ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

    कांग्रेसले २५० पालिकामा जित हात पारेको छ। परिणाम घोषणा भएकामध्ये ४४ प्रतिशत पालिकामा कांग्रेसले प्रमुख जित हात पारेको छ। त्यस्तै २३३ पालिका उपप्रमुख जितेको छ।

    २०७४ सालको स्थानीय निर्वाचनमा पहिलो दल बनेको एमाले भने यो निर्वाचनको हालसम्मको परिणाममा दोस्रो स्थानमा खुम्चिएको छ। एमालेले १६२ पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १७२ स्थानमा जित हात पारेका छ।

    माओवादी केन्द्रले १०५ स्थानको प्रमुखमा जित हात पारेको छ। उपप्रमुखमा ११० स्थानमा जित हात पारेको छ।

    चौथो दलको रुपमा जनता समाजवादी पार्टी ९जसपा० देखिएको छ। जसपाले प्रमुख पदमा १५ स्थानमा जित हात पारेको छ। त्यस्तै एकीकृत समाजवादीले १२, राप्रपाले २, लोसपा १ स्थानमा जित हात पारेका छन्।

    नेमकिपाले भक्तपुरमा मात्र जित्न सकेको छ। सीके राउतको जनमत पार्टीले पनि सप्तरीको हनुमान कंकालिनी नगरपाकिलामा जित हासिल गरेको छ। ६ वटामा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

    परिणाम आउन बाँकी पालिकामा पनि कांग्रेसकै अग्रता बढी छ। कांग्रेसले ६९ स्थानमा अग्रता कायम गरेको छ। एमालेले ३७, माओवादी केन्द्रले १३, जसपाले १९, एकिकृत समाजवादीले ७, लोसपाले ११ र राप्रपाले २ स्थानमा अग्रता लिएका छन्।


    बिहिवार, जेठ ५ २०७९११:५७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij