Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

टिकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टीका थारु विजयी

टिकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टीका थारु विजयी

  • बिहिवार, जेठ ५ २०७९

  • 414
    SHARES

  • टिकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टीका थारु विजयी

    कैलाली । कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका नवराज रावललाई तीन हजार मत अन्तरले पराजित गरेका हुन् ।


    डगौराले ९ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार रावलले ६ हजार ६ सय ४२ मत पाएका थिए । उपमेयरमा भने माओवादी केन्द्रका खडक शाह निर्वाचित भएका छन् ।

    उनले नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विकलाई १ सय ५३ मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रका शाहले ७ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विकले ७ हजार ८ सय २ मत प्राप्त गरिन् ।

    सुदूरपश्चिम अखण्ड र थारुवानरथारुहट आन्दोलनबाट सिर्जित टिकापुर हिंसात्मक घटनाका आरोपित रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टी ३ महिनाअघि निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त पार्टीले स्थानीय तहको निर्वाचनका माध्यमबाट टिकापुरसहित वरपरका जानकी, जोशीपुर र भजनी नगरपालिकाको स्थानीय निर्वाचनमा प्रभाव देखाएको छ ।

    ु

     


    बिहिवार, जेठ ५ २०७९११:३१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij