Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सुरूङगा नगरले पायो महिला मेयर, कांग्रेसकी चौधरी विजयी

सुरूङगा नगरले पायो महिला मेयर, कांग्रेसकी चौधरी विजयी

  • बिहिवार, जेठ ५ २०७९

  • 476
    SHARES

  • सुरूङगा नगरले पायो महिला मेयर, कांग्रेसकी चौधरी विजयी

    काठमाडौं । सप्तरीको सुरूङगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्‍मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् ।

    निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीका राम नारायण चौधरी र जनता समाजवादीका मोहम्मद साबीर अलीलाई ३ हजार बढी मतान्तरले हराउँदै नगर गीता नगर प्रमुखमा निर्वाचित भएकी हुन् ।

    गीताले ७ हजार २९२ मत ल्याउँदा एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार, ११७ र जनता समाजवादीका साबीर अलीले ३ हजार ६६८ मत मात्र ल्याए ।

    यस्तै नगरपालिकाको उपमेयरमा नेकपा एमालेका सलीम कुमारी पासवान, माओवादी केन्द्रका शिव कुमार राम र एकीकृत समाजवादीका सुनिता कुमारी मुखियालाई हराउँदै नेपाली कांग्रेसका रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् ।

    कार्कीले ६ हजार २७५ मत ल्याएमालेकी सलीम कुमारी पासवानले २ हजार १०३, माओवादी केन्द्रका शिव कुमार रामले २ हजार ४६७ र एकीकृत समाजवादीकी सुनीता कुमारी मुखियाले ३ हजार ९९८ मत मात्र ल्याइन् ।


    बिहिवार, जेठ ५ २०७९१०:२६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij