Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

५५५ पालिकाको अन्तिम परिणाम : कांग्रेसले २४९ स्थानमा जित्दा, एमालेलाई कति ?

५५५ पालिकाको अन्तिम परिणाम : कांग्रेसले २४९ स्थानमा जित्दा, एमालेलाई कति ?

  • बिहिवार, जेठ ५ २०७९

  • 834
    SHARES

  • ५५५ पालिकाको अन्तिम परिणाम : कांग्रेसले २४९ स्थानमा जित्दा, एमालेलाई कति ?

    काठमाडौं । पछिल्लो तथ्यांकअनुसार कांग्रेसले २४९ पालिकामा जित हात पारेको छ। परिणाम घोषणा भएकामध्ये ४४ प्रतिशत पालिकामा कांग्रेसले प्रमुख जित हात पारेको छ। त्यस्तै २२९ पालिका उपप्रमुख जितेको छ।

    २०७४ सालको स्थानीय निर्वाचनमा पहिलो दल बनेको एमाले भने यो निर्वाचनको हालसम्मको परिणाममा दोस्रो स्थानमा खुम्चिएको छ। एमालेले १५९ पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १६९ स्थानमा जित हात पारेका छ।

    माओवादी केन्द्रले १०४ स्थानको प्रमुखमा जित हात पारेको छ। उपप्रमुखमा १०९ स्थानमा जित हात पारेको छ।

    चौथो दलको रुपमा जनता समाजवादी पार्टी (जसपा) देखिएको छ। जसपाले प्रमुख पदमा १४ स्थानमा जित हात पारेको छ। त्यस्तै एकीकृत समाजवादीले १०, राप्रपाले २, लोसपा १ स्थानमा जित हात पारेका छन्।

    नेमकिपाले भक्तपुरमा मात्र जित्न सकेको छ। सीके राउतको जनमत पार्टीले पनि सप्तरीको हनुमान कंकालिनी नगरपाकिलामा जित हासिल गरेको छ। ६ वटामा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

    परिणाम आउन बाँकी पालिकामा पनि कांग्रेसकै अग्रता बढी छ। कांग्रेसले ६८ स्थानमा अग्रता कायम गरेको छ। एमालेले ४०, माओवादी केन्द्रले १४, जसपाले २०, एकिकृत समाजवादीले १०, लोसपाले ११ र राप्रपाले २ स्थानमा अग्रता लिएका छन्।


    बिहिवार, जेठ ५ २०७९१०:०८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij