Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

रुसको दाबी : मारिओपोलमा ७०० युक्रेनी लडाकुले आत्मसमर्पण गरे

रुसको दाबी : मारिओपोलमा ७०० युक्रेनी लडाकुले आत्मसमर्पण गरे

  • बिहिवार, जेठ ५ २०७९

  • 359
    SHARES

  • रुसको दाबी :  मारिओपोलमा ७०० युक्रेनी लडाकुले आत्मसमर्पण गरे

    एजेन्सी । युक्रेनी पूर्वीसहर मारिओपोलमा थप ७०० भन्दा बढी युक्रेनी लडाकुले आत्मसमर्पण गरेको रुसले दाबी गरेको छ । रुस समर्थक पृथकतावादीहरूका नेता डेनिस पुसिलिनका अनुसार बन्दरगाह सहरको एजोभस्टल स्टिलवर्कमा युक्रेनी लडाकुहरूका शीर्ष कमाण्डरहरू अझै पनि काराखानाभित्र छन् ।

    कारखानाभित्र फसेका थप लडाकुको भविष्यबारे युक्रेनी अधिकारीहरूले सार्वजनिकरूपमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । युक्रेनी सेनाका प्रवक्ता ओलेक्जेन्डर मोटुजायनिकले पत्रकार सम्मेलनमा भने, ‘राज्यले हाम्रा सुरक्षाकर्मीहरूको उद्धार गर्न सक्दो प्रयास गरिरहेको छ । ’

    यसबारेमा थप सूचना सार्वजनिक गर्दा उनीहरूको उद्धार पक्रिया जोखिममा पर्ने उनले संकेत गरे । युक्रेनले आफ्ना २५० लडाकुले आत्मसमर्पण गरेको बुधबार पुष्टि गरेको थियो । तर, कारखानाभित्र अझै कति सेना छन् भन्ने बारेमा केही खुलाएको छैन् ।


    बिहिवार, जेठ ५ २०७९०९:३१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij