Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

भक्तपुरको सूर्यविनायकमा एमालेका उम्मेदवार निर्वाचित

भक्तपुरको सूर्यविनायकमा एमालेका उम्मेदवार निर्वाचित

  • बिहिवार, जेठ ५ २०७९

  • 300
    SHARES

  • भक्तपुरको सूर्यविनायकमा एमालेका उम्मेदवार निर्वाचित

    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार सूर्यविनायक नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार वासुदेव थापा विजयी भएका हुन् । उनले १४ हजार ७ सय ५८ मत ल्याई विजयी भएका छन् ।

    थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार निशान ढुंगेललाई १ हजार ५२६ मतान्तरले पराजित गरेका हुन् । पराजित निशान ढुंगेलले १३ हजार २३२ मत ल्याएका छन् ।

    यस्तै उपप्रमुखमा एमालेकै सरिता भट्टराई (तिमिल्सिना) विजयी भएकी छन् । उनले १४ हजार ४ सय ९० मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्यामसुन्दर बस्नेतले ६ हजार ६ सय ६१ मत ल्याएका छन् ।


    बिहिवार, जेठ ५ २०७९०५:५२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij