Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

५३० पालिकाको अन्तिम परिणाम : कांग्रेसले २३७ स्थानमा जित्दा, एमालेलाई कति ?

५३० पालिकाको अन्तिम परिणाम : कांग्रेसले २३७ स्थानमा जित्दा, एमालेलाई कति ?

  • बिहिवार, जेठ ५ २०७९

  • 773
    SHARES

  • ५३० पालिकाको अन्तिम परिणाम : कांग्रेसले २३७ स्थानमा जित्दा, एमालेलाई कति ?

    काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आउनेक्रम जारी रहँदा कांग्रेसले अग्रता कायम राखेको छ। हालसम्म ५३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ।

    पछिल्लो तथ्यांकअनुसार कांग्रेसले २३७ पालिकामा जित हात पारेको छ। परिणाम घोषणा भएकामध्ये ४४ प्रतिशत पालिकामा कांग्रेसले प्रमुख जित हात पारेको छ। त्यस्तै २२० पालिका उपप्रमुख जितेको छ।

    २०७४ सालको स्थानीय निर्वाचनमा पहिलो दल बनेको एमाले भने यो निर्वाचनको हालसम्मको परिणाममा दोस्रो स्थानमा खुम्चिएको छ। एमालेले १५४ पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १६३ स्थानमा जित हात पारेका छ।

    माओवादी केन्द्रले १०० स्थानको प्रमुखमा जित हात पारेको छ। उपप्रमुखमा १०६ स्थानमा जित हात पारेको छ।

    चौथो दलको रुपमा जनता समाजवादी पार्टी ९जसपा० देखिएको छ। जसपाले प्रमुख पदमा १२ स्थानमा जित हात पारेको छ। त्यस्तै एकीकृत समाजवादीले ९, राप्रपाले २, लोसपा १ स्थानमा जित हात पारेका छन्।

    नेमकिपाले भक्तपुरमा मात्र जित्न सकेको छ। सीके राउतको जनमत पार्टीले पनि सप्तरीको हनुमान कंकालिनी नगरपाकिलामा जित हासिल गरेको छ। ६ वटामा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

    परिणाम आउन बाँकी पालिकामा पनि कांग्रेसकै अग्रता बढी छ। कांग्रेसले ८१ स्थानमा अग्रता कायम गरेको छ। एमालेले ४२, माओवादी केन्द्रले १८, जसपाले २२, एकिकृत समाजवादीले ११, लोसपाले ९ र राप्रपाले २ स्थानमा अग्रता लिएका छन्।

     


    बिहिवार, जेठ ५ २०७९०५:३८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij