Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

भरतपुरमा रेनुको मतान्तर थप फराकिलो, सुवेदीलाई पच्छ्यादै पौडेल

भरतपुरमा रेनुको मतान्तर थप फराकिलो, सुवेदीलाई पच्छ्यादै पौडेल

  • बुधवार, जेठ ४ २०७९

  • 1.2K
    SHARES

  • भरतपुरमा रेनुको मतान्तर थप फराकिलो, सुवेदीलाई पच्छ्यादै पौडेल

    काठमाडौं – चितवनको भरतपुरमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो पार्दै लगेकी छन्।

    ३१७९३ मत गणना गर्दा उनले अहिलेसम्म २२०५ मतले अग्रता लिएकी छन्।

    दाहालले ११७५० मत ल्याएकी छन्। नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ९५४५ मत र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१७१ मत ल्याएका छन्।

    उपमेयरमा सत्तागठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले १३९३८ मत ल्याएका छन्।

    एमाले-राप्रपा गठबन्धनबाट राप्रपा उम्मेदवार हिमला गुरुङले ७७५० मत ल्याएकी छन्। मतगणना जारी छ।


    बुधवार, जेठ ४ २०७९०८:५४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij