Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

२ वडाको मतगणना बाकिँ : जितपुर-सिमरा उपमहानगरमा माओवादीको जित सुनिश्चित

२ वडाको मतगणना बाकिँ : जितपुर-सिमरा उपमहानगरमा माओवादीको जित सुनिश्चित

  • बुधवार, जेठ ४ २०७९

  • 674
    SHARES

  • २ वडाको मतगणना बाकिँ : जितपुर-सिमरा उपमहानगरमा माओवादीको जित सुनिश्चित

    काठमाडौं – नेकपा माओवादी केन्द्रले जितपुर-सिमरा उपमहानगरपालिकाको मेयरमा जित सुनिश्चित गरेको छ।

    अहिलेसम्म गरिएको मतगणना अनुसार सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका राजन पौडेलले १७ हजार ९ सय १८ मत पाएका छन्।

    दोस्रोमा स्थानमा रहेकी एमाले उम्मेदवार सरस्वती चौधरीले १६ हजार ३ सय ४१ मत पाएकी छन्।

    अझै केही मत गणना हुन बाँकी छ। मत गणना हुन बाँकी भएको मतभन्दा एमाले उम्मेदवारसँगको मतान्तर धेरै भएकाले पौडेलको जित सुनिश्चित भएको हो।

    जितपुर सिमराका २४ मध्ये १२ र १३ वडाको मतगणना जारी छ। आफ्नो जीतलाई अब औपचारिक घोषणा मात्र बाँकी रहेको पौडेलले बताए।

    उपमेयरमा भने एमालेले जित्ने निश्चित भएको छ। एमालेका भोला प्रसाद अधिकारीले अग्रता लिएका छन्।

    गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी मेघा शाही पछि परेकी छन्।


    बुधवार, जेठ ४ २०७९०८:३७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij