काठमाडौं – भरतपुर महानगरपालिकामा अहिलेसम्मको मतगणनामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले २००० मतको अग्रता लिएकी छन्।
उनले ११०९० मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ९०९० मत ल्याएका छन्।
कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ४९५८ मत ल्याउका छन्।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले १३२४५ मत ल्याएका छन् । भने एमालेले समर्थन गरेकी
राप्रपाकी हिमला गुरूङले ७३५० मत पाएकी छन्।