Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सोलुदूधकुण्ड नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसले मार्‍यो बाजी

सोलुदूधकुण्ड नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसले मार्‍यो बाजी

  • बुधवार, जेठ ४ २०७९

  • 355
    SHARES

  • सोलुदूधकुण्ड नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसले मार्‍यो बाजी

    काठमडौँ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नांगेल जाङबु शेर्पा निर्वाचित हुनुभएको छ ।

    शेर्पाले ४ हजार ८६८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पाले ४ हजार २९० मत पाउनुभयो । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार ङिमा तेण्डुप शेर्पाले १ हजार १८७ मत प्राप्त गर्नुभयो।

    यस्तै उपमेयरमा कांग्रेसकै गान्धीमाया तामाङ निर्वाचित हुनुभएको छ। उहाँले ४ हजार ३८५ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी एमालेकी मोहनकुमारी कार्कीले ४ हजार २७३ मत पाउनुभयो। माओवादी केन्द्रकी शारदामाया तामाङले १ हजार ८९ मत प्राप्त गर्नुभयो। नांगेल जाङबु शेर्पा दोस्रो कार्यकालको लागि मेयरमा निर्वाचित हुनुभएको हो ।

    सोलुदूधकुण्ड नगरपालिकाको मत परिणामसँगै सोलुखुम्बुका सबै पालिकाको मत गणना सकिएको छ । जिल्लाका ८ स्थानीय तहमध्ये ५ वटा पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दवै पद जितेको छ । यस्तै पालिकामा एमाले जितेको छ भने एउटामा माओवादी केन्द्रले जितेको छ । सोलुदूधकुण्ड जिल्लाको एक मात्र नगरपालिका हो ।


    बुधवार, जेठ ४ २०७९०५:१७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij