बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विष्णु प्रसाद बस्याल विजयी भएका छन् ।
बस्यालले नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरीलाई १ हजार ७१३ मतको अन्तरले पराजित गरेका हुन् । बस्यालले ७ हजार ९८३ मत पाएर विजयी हुँदा चौधरीले ६ हजार २७० मत पाएका छन् । चौधरी २०७४ को चुनावमा एमालेबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।
गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६ हजार ६८२ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत पाएकी छन् ।