वीरगञ्ज । पर्साको धोविनी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका मदन प्रसाद चौहान निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीलाई जम्मा २० मतान्तरले पराजित गर्दै मदन अध्यक्षमा निर्वाचित भएका हुन् । मदनले तीन हजार ९१ मत ल्याए भने वशिष्ठले तीन हजार ७१ मत पाएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी प्रियंकादेवी यादवले भन्दा ५६६ मत बढी पाइन् ।