Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

भरतपुर अपडेट : मतान्तर बढाउँदै रेनु

भरतपुर अपडेट : मतान्तर बढाउँदै रेनु

  • मंगलवार, जेठ ३ २०७९

  • 1.2K
    SHARES

  • भरतपुर अपडेट : मतान्तर बढाउँदै रेनु

    काठमाडौं –भरतपुर महानरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।

    १७ हजार २६६ मत गणना हुँदा दाहालले ७ हजार ४२३ मत प्राप्त गरेकी छन् भने एमाले उम्मेदवार विजय सुवेदीले ७ हजार ६८ मत पाएका छन्। दाहाल र सुवेदीबीच ३५५ मतको अन्तर देखिएको छ।

    त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ५९४ मत पाएका छन्।

    उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता रहेको छ। उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ९८९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ८४० मत पाएकी छन्। उनीहरुबीच ३ हजार १४९ मतको अन्तर रहेको छ।


    मंगलवार, जेठ ३ २०७९०९:०४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij