Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

  • मंगलवार, जेठ ३ २०७९

  • 470
    SHARES

  • कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

    काठमाडौं - संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले अनुपस्थित भएको छ ।

    बजेट अधिवेशनको पहिलो दिन सभामुख अग्नि प्रसाद सापकोटाले संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेको थिए । तर, उक्त बैठकमा एमाले सहभागी नभएको हो ।

    संघीय संसद सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा जारी छ ।

    एमालेले यसअघि पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्दै आएको थियो । एमालेले २३ भदौ २०७८ देखि संसदमा निरन्तर अवरोध गर्दै आएको छ । पार्टी विभाजनमा सभामुख सापकोटाको समेत भूमिका रहेको आरोप लगाउँदै एमालेले सभामुखले नै निकास दिनुपर्ने माग राख्दै आएको छ ।

    माधव नेपालसहित १४ जना सांसदलाई पार्टीले गरेको कारबाही सम्बन्धी सूचना टाास गर्नुपर्ने एमालेको माग छ । सांसदलाई कारबाही गरेको सूचना नटाँसे सभामुखले राजीनामा दिनुपर्ने एमालेको शर्त छ । एमालेका यी दुवै माग पूरा नहुँदा एमालेले संसदमा अवरोध गर्दै आएको छ ।

    एमालेले हालसम्म एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको अस्तित्व स्वीकार गरेको छैन । एकीकृत समाजवादी पार्टीको अस्त्विमाथि प्रश्न उठाउँदै एमालेले उक्त पार्टीका सांसदलाई गैर सांसदको संज्ञा दिएर नारावाजी गर्दै आएको छ । तर, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको ९ महिना भैसक्यो । पार्टीले स्थानीय तहको चुनावमा भाग लिइसकेको छ।

    एकीकृत समाजवादीका प्रतिनिधिलाई मतदाताले पनि कतिपय ठाउँमा जिताइसकेका छन् । तर, एमालेले पार्टीकै अस्तित्व अस्वीकार गर्दै संघीय संसदमा अवरोध गर्दै आएको छ ।


    मंगलवार, जेठ ३ २०७९०३:३७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij