काठमाडौं । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ५ ओखरकोटमा नेकपा एमालेले मसालको लालकिल्ला भत्काएको छ ।
ओखरकोट नेकपा मसालका महामन्त्री एवम् वामपन्थी नेता मोहनविक्रम सिंह र संघीय सांसद दुर्गा पौडेलको घर पनि हो ।
सोही वडामा अहिले नेकपा एमालेका नेता दधिराम पोख्रेल विजयी बनेका छन् । पोख्रेलले राष्ट्रिय जनमोर्चाका उम्मेदवार देवेन्द्र जिसीलाई ८१ मतान्तरले पराजित गरेका हुन् ।
पोख्रेलले ६ सय ३९ मत प्राप्त गरेका थिए भने जिसीले ५ सय ५८ मत प्राप्त गरेका थिए । वडाध्यक्षमा पोख्रेलले विजय हासिल गरेपनि वडा सदस्यमा राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।