काठमाडौं । सर्वत्र चासोको रुपमा हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । उनले अहिले १०९ मतको अग्रता लिएकी छन् ।
१८ हजार ६८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार २४९ मत पाएकी छन् ।
नेकपा एमालेका विजय सुवेदीले ६ हजार १४० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन् ।
उप मेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६११ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ३२ मत प्राप्त गरेकी छन् । अहिले भरतपुर महानगरको वडा नम्बर ५ को मतगणना जारी छ ।