Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मतगणनामा विवाद भएपछि तिलोत्तमाको मतगणना अवरुद्ध

मतगणनामा विवाद भएपछि तिलोत्तमाको मतगणना अवरुद्ध

  • मंगलवार, जेठ ३ २०७९

  • 318
    SHARES

  • मतगणनामा विवाद भएपछि तिलोत्तमाको मतगणना अवरुद्ध

    काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनाको क्रममा पार्टीका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएपछि गणना कार्य अवरुद्ध भएको छ । मंगलबार(आज) जारी मतगणनामा खटिएका तिलोत्तमाका कर्मचारी गणेश गौतमले गणनामा फरक मत निकालेपछि कांग्रेस निकट कार्यकर्ताले नाराबाजी गर्दै मत गणना रोकेका हुन् ।

    गणना रोकिएपछि निर्वाचन कार्यालय अगाडि नाराबाजी समेत चचेलको छ । निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले नगरपालीकाकै कर्मचारीहरु पनि राखेर भइरहेको गणनामा त्रुटी भयो भन्ने गुनासो आएपछि बाहिरका कर्मचारीले गन्नेगरी छलफल भइरहेको बताए । बाहिरी नाराबाजी शान्त नभएसम्मका लागि मत गन्न रोकिएको उनले जनाए ।

    कांग्रेसका प्रतिनिधिहरूले गणनामा खटिएकामध्ये एक कर्मचारीले बदमासी गरेको र मत घटाएको भन्दै विरोध जनाएका हुन् ।कांग्रेस जिल्ला कार्यसमिति सदस्य कमला पाण्डेका अनुसार अघिल्लो दिन पनि मत घटाइदिएपछि विवाद भएको थियो ।

    निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाले नै गणनामा गडबढी भएको पाइएको भन्दै विज्ञप्ति नै निकालेको छ । आज वडा नम्बर १६ र २ को मतगणना चलिरहेका बेला विवाद भएको हो ।


    मंगलवार, जेठ ३ २०७९१२:४२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij