काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दीपकबहादुर सिंहले गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पारेका छन् ।
आज बिहानको ताजा मत परिणाम अनुसार २२ हजार ८ सय मतगणना हुँदा राप्रपाका सिंहले ८ हजार २ सय ६५ मत पाएका छन् भने गठबन्धनबाट मेयर उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ८ हजार ६७ मत पाएका छन् ।
एमाले उम्मेदवार अनन्त पौडेल भने निकैपछि परेका छन् । उनले ६ हजार ५ सय मत पाएका छन् ।