Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ताप्ली गाउँपालिका अध्यक्षमा माओवादीका विश्वकर्मा निर्वाचित

ताप्ली गाउँपालिका अध्यक्षमा माओवादीका विश्वकर्मा निर्वाचित

  • मंगलवार, जेठ ३ २०७९

  • 305
    SHARES

  • ताप्ली गाउँपालिका अध्यक्षमा माओवादीका विश्वकर्मा निर्वाचित

    उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका विश्वकर्माले प्रतिस्पर्धी एमालेका बाबुराम राईलाई ३८ मतले हराउदै निर्वाचित भएका हुन् । विश्वकर्माले १ हजार ७ सय ८७ मत प्राप्त गर्दा राईले १ हजार ७ सय ४९ मत मात्र प्राप्त गरे ।
    यस्तै उपाध्यक्षमा एमालेका मानकुमारी थापालाई हराउदै कांग्रेसका धनमाया मगर निर्वाचित भएकी छिन् । धनमायाले २ हजार ५ सय ८६ मत ल्याएकी छिन् । त्यसैगरी वडा नम्बर १ मा एमालेका उद्धब हमाल, वडा नम्बर २ मा एमालेका छत्रबहादुर श्रेष्ठ, वडा नम्बर ३ मा कांग्रेसका रंगमान तामाङ, वडा नम्बर ४ मा कांग्रेसका उमेशकुमार मगर र वडा नम्बर ५ पालिका केन्द्र रुपाटारमा माओवादी केन्द्रका बिष्णु श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ताप्ली गाउँपालिकामा कुल ९ सय ९ सय ३१ मतदाता मध्ये ५७ दशमल आठ प्रतिशत मत ५ हजार ६ सय ६८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


    मंगलवार, जेठ ३ २०७९०६:२१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij