Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट बहुमतसहितको सानदार जित

एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट बहुमतसहितको सानदार जित

  • मंगलवार, जेठ ३ २०७९

  • 874
    SHARES

  • एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट बहुमतसहितको सानदार जित

    सर्लाही । नेकपा एमालेले अन्तिम समयमा टिकट नदिएपछि वडामा बागी उमेदवारी दिएका उमेदवारको प्यानल नै विजयी भएको छ ।

    सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको हो । स्वतन्त्रबाट उम्मेदवारी दिएका हरिबहादुर भट्टराई (हरिहर) सहितको प्यानलले प्रतिस्पर्धी भन्दा दोब्बर बढी मत सहित जित निकालेको हो । पुतली छापबाट वडाध्यक्षमा निर्वाचित भट्टराईले ५५७ मत प्राप्त गरे ।

    निकटतम प्रतिस्पर्धामा देखिएका एमालेका उम्मेदवार हरेराम बस्नेतले भने ४२१ मत मात्र पाए । तेस्रो स्थानमा रहेको कांग्रेसका वडाध्यक्षका नवराज कुशवाहाले ३४४ मत प्राप्त गरे ।


    मंगलवार, जेठ ३ २०७९०६:०५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij