Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

२३० स्थानको परिणाम : कहाँ कसको जित, को अगाडि ?

२३० स्थानको परिणाम : कहाँ कसको जित, को अगाडि ?

  • मंगलवार, जेठ ३ २०७९

  • 1.3K
    SHARES

  • २३० स्थानको परिणाम : कहाँ कसको जित, को अगाडि ?

    काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म २३० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहान ५ बजेसम्म्मको तथ्यांक अनुसार नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ।

    नेपाली कांग्रेसले हालसम्म १०६ स्थानीय तहमा जित हात पारेको छ। कांग्रेसले उपप्रमुखमा १०३ स्थानमा जीत हात पारेको छ। एमालेले कांग्रेसलाई पछ्याइरहेको छ। सुरुवाती रुझानमा अगाडि रहेको एमाले अहिले पछि परेको छ।

    एमालेले हालसम्म प्रमुखमा ६२ स्थान र उपप्रमुखमा ६४ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले ४९ स्थानमा प्रमुखमा जित हात पारेको छ भने उपप्रमुखमा ४४ स्थानमा विजयी भएको छ। नेकपा (एकीकृत समाजवादी) ले ४ स्थानीय तहमा प्रमुख पद जितेको छ। कांग्रेसले अहिले २०९ स्थानमा अग्रता लिएको छ भने एमालेले १२१ र माओवादीले ६८ स्थानमा अग्रता कायम राखेको छ।

    निर्वाचनमा सत्ता गठवन्धनका पाँच दलले ६ महानगर,११ उपमहानगर र अन्य केही स्थानमा तालमेल गरेका थिए भने एमालेले केही स्थानमा राप्रपा अन्यमा स्थानीय तहको निर्णय अनुसार निर्वाचनमा भाग लिएको थियो । ७५३ स्थानीय तहका लागि भएको निर्वाचनमा केही क्षेत्रमा मतदान नै रोकिएको थियो।


    मंगलवार, जेठ ३ २०७९०५:२५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij