काठमाडौं । नेपाली कम्युनिष्टका नेता एवम् पूर्व गृहमन्त्री बामदेव गौतमले विगतका नजीर हेर्दा पनि बेदागी व्यक्तिहरु स्वतन्त्र रुपमा निर्वाचित भएका कैयौँ उदाहरण रहेको बताउनुभएको छ ।
पछिल्लो समय काठमाडौं र कैलालीको धनगढीका स्वतन्त्र मेयरका उम्मेदवारको विषय कोट्याउँदै गौतमले राजनीति स्पष्ट दिशामा अगाडि नबढ्दा यस्ता दृष्य देखापर्ने बताउनुभयो ।
काठमाडौंमा बालेनको अग्रताबारे नेपाली रेडियो नेटवर्कको प्रश्नमा उहाँले त्यो स्वभाविक र सत्य हुने दाबी गर्नुभयो । प्रारम्भिक मतपरिणामले आंकलन गर्न नसकिएपनि यसले राजनीतिमा परिवर्तनको संकेत दिएको उहाँको भनाइ छ ।
नेटवर्कको निर्वाचन विशेषमा बोल्दै गौतमले आफू छिट्टै नयाँ संगठनसहित राजनीतिमा पुनरागमन गर्ने पनि जानकारी दिनुभयो ।
काठमाडौंमा स्थापितको विस्थापित पक्का भएको उहाँको भनाइ छ ।