Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

१०४ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसलाई पछ्याउँदै एमाले

१०४ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसलाई पछ्याउँदै एमाले

  • सोमवार, जेठ २ २०७९

  • 998
    SHARES

  • १०४ पालिकाको मत परिणाम सार्वजनिक, कांग्रेसलाई पछ्याउँदै एमाले

    काठमाडौँ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म १०४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

    सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसको अग्रता रहेको छ । हालसम्म नेपाली कांग्रसले ४०, एमालेले ३७, नेकपा माओवादी केन्द्रले २४ र नेकपा एकीकृत समाजवादीले २ पालिका र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेको छ ।

    त्यस्तै, ४५ पालिकाको उपप्रमुखमा कांग्रेसले जित हात पारेको छ भने उपप्रमुखमा ३५ सिटमा एमालेले जित हात पारेको छ। नेकपा माओवादी केन्द्रले उपप्रमुखमा १८ क्षेत्रमा जित हात पार्दा नेकपा एकीकृत समाजवादीले ५ स्थानमा उपप्रमुखमा जितेको छ।

    हालसम्म जसपाले २ वटा उपप्रमुख जितेको छ। त्यस्तै, राष्ट्रिय जनमोर्चाले १ स्थानमा उपप्रमुख जितेको छ। स्वतन्त्र उम्मेदवाले १ स्थानमा प्रमुख जितेका छन्।

    यो समाचार तयार पार्दासम्मको परिणामअनुसार नेपाली कांग्रेसले २५८ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले १५२ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ९६, नेकपा एकीकृत समाजवादीले १८, र जसपाले २९ स्थानमा अग्रता बनाएका छन् ।

     


    सोमवार, जेठ २ २०७९१२:०८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij