Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दक्षिणकालीको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

दक्षिणकालीको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

  • सोमवार, जेठ २ २०७९

  • 399
    SHARES

  • दक्षिणकालीको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

    काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन् ।

    बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका निर्वाचन अधिकृत अमृता भण्डारीले जानकारी दिइन् ।

    नेपाली कांग्रेसका बस्नेत २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित भएकी छन् । उनले एमालेकी इन्दिरा न्यौपानेलाई २ हजार ७९३ मत अन्तरले पराजित गरेकी हुन् ।


    सोमवार, जेठ २ २०७९११:४६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij