Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अछाममा भाइलाई हराउँदै दाजु बने पालिका अध्यक्ष

अछाममा भाइलाई हराउँदै दाजु बने पालिका अध्यक्ष

  • सोमवार, जेठ २ २०७९

  • 754
    SHARES

  • अछाममा भाइलाई हराउँदै दाजु बने पालिका अध्यक्ष

    अछाम । अछामको बान्‍नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । कांग्रेसका टेकबहादुर साउँदले एमालेका लोकबहादुर साउँदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् । टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लोकले २ हजार ६१४ मत मात्र पाए ।

    बान्‍नीगढ-३ बर्दादेवी धारासैन घर भएका साउँद दाजुभाइ फरक-फरक पार्टीबाट उम्मेदवार बनेका थिए । एउटै खलकका उनीहरुका बुवा दाजुभाइ हुन् ।

    टेक कांग्रेस अछामको पूर्वपार्टी सचिव हुन् भने एमाले बान्‍नीगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् ।

    उपाध्यक्षमा भने एमालेका विन्दु रावल निर्वाचित भएकी छन् । रावल २ हजार ७ सय ३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन् ।

     


    सोमवार, जेठ २ २०७९१०:५२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij