काठमाडौँ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म १०२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । देशभरको परिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा भइरहेको छ ।
सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसको अग्रता रहेको छ । नेपाली कांग्रसले ४०, हालसम्म एमालेले ३५, नेकपा माओवादी केन्द्रले २४ र नेकपा एकीकृत समाजवादीले २ पालिका र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेको छ ।
यो समाचार तयार पार्दासम्मको परिणामअनुसार नेपाली कांग्रेसले २५८ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले १५२ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ९६, नेकपा एकीकृत समाजवादीले १८, र जसपाले २९ स्थानमा अग्रता बनाएका छन् ।