Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

धनकौल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका साह निर्वाचित

धनकौल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका साह निर्वाचित

  • सोमवार, जेठ २ २०७९

  • 644
    SHARES

  • धनकौल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका  साह निर्वाचित

    सर्लाही । धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार अकली सहनी निर्वाचित भएकी छन् ।

    निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत धनकौल गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार साह ४ हजार ४ सय ७७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उम्मेदवार फकिरा महतोलाई १ हजार ९९ मतान्तरले पराजित गरेका हुन् । पराजित फकिरा महतोले ३ हजार ३ सय ७८ मत ल्याएका छन् ।

    उपाध्यक्षमा निर्वाचित कांग्रेसकी सहनीले ४ हजार ५ सय ४ मत प्राप्त गरेकी थिइन् । उनकी प्रतिद्वन्दी माओवादी केन्द्रकी निलमकुमारी देवी सहनीले ३ हजार २ सय २५ मत प्राप्त गरेकी थिइन् ।

     


    सोमवार, जेठ २ २०७९०७:५३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij