Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा बालेनको अग्रता कायमै, अन्य महानगरमा कस्को अवस्था कस्तो ?

काठमाडौंमा बालेनको अग्रता कायमै, अन्य महानगरमा कस्को अवस्था कस्तो ?

  • सोमवार, जेठ २ २०७९

  • 464
    SHARES

  • काठमाडौंमा बालेनको अग्रता कायमै, अन्य महानगरमा कस्को अवस्था कस्तो ?

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । हालसम्म बालेनले ५४४६ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २९५२ मत पाएका छन् ।

    उता ललितपुरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायम राखेका छन् । महर्जनको ३१३७ रहेको छ भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले १३२७ का साथ पछ्याइरहेका छन् ।

    यस्तै भरतपुरमा एमालेका विजय सुवेदी अगाडि छन् । उनको ३३२४ छ भने माओवादीकी रेणु दाहालको ३३०६ रहेको छ । उता पोखरामा एकिकृत समाजवादीका धनराज आचार्य ३४६५ का साथ अगाडि छन् भने एमालेका कृष्णबहादुर थापा ३१०८ लिएर दोस्रो छन् ।

    वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपालका राजेशमान सिंह २८३२ लिएर अगाडि छन् भने एमालेका विजयकुमार सरावगी १२८६ संगै पछ्याइरहेका छन् ।

    यस्तै विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस नागेश कोइराला ४२७० का साथ अगाडि छन् भने
    एमालेका सागरकुमार थापा ३०७६ लिएर पछ्याइरहेका छन् ।

     

     


    सोमवार, जेठ २ २०७९०६:४५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij