Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमालेका तामाङ विजयी

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमालेका तामाङ विजयी

  • सोमवार, जेठ २ २०७९

  • 253
    SHARES

  • रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एमालेका तामाङ विजयी

    रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए ।

    उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् ।

    यो पालिकामा ६ वटा वडा छन् । वडा नम्बर १ मा एमालेका उर्केन छिरिङ तामाङ, २ मा कांग्रेसका कामी छिरिङ तामाङ, ३ मा एमालेका मिङमार छिरिङ तामाङ, ४ मा कांग्रेसका डिण्डु लामा ज्याबा तामाङ, ५ मा एमालेका दावा मिङमार तामाङ र ६ मा एमालेका दावा सिदार वाइबा विजयी भएका छन् ।

    गोसाइँकुण्ड गाउँपालिकामा ५ हजार ८ सय ९० मतदाता रहेकोमा ४ हजार ७ सय ७३ मत खसेको थियो ।


    सोमवार, जेठ २ २०७९०६:४०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij