Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

पाल्पाको रभ्मा गाउँपालिकामा फर्जी मत फेला परेको भन्दै झडप

पाल्पाको रभ्मा गाउँपालिकामा फर्जी मत फेला परेको भन्दै झडप

  • आइतवार, जेठ १ २०७९

  • 561
    SHARES

  • पाल्पाको रभ्मा गाउँपालिकामा फर्जी मत फेला परेको भन्दै झडप

    काठमाडौं । पाल्पाको रभ्मा गाउँपालिकामा खसेको मत भन्दा बढी मत फेला परेपछि झडप भएको छ ।

    गठबन्धन दलहरूले सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । गठबन्धन दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै मतगणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन् ।

    मतगणना ट्याली गर्ने क्रममा दलका प्रतिनिधि र कर्मचारीको तथ्यांकमा एकरूपमा नभएपछि मतगणना स्थगित भएको रम्भा गाउँपालिका निर्वाचन अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए । रम्भा गाउँपालिका निर्वाचन अधिकृत भण्डारीले दलहरू बीचको सहमति नभएसम्मका लागि मतगणना स्थगित गरेको बताए ।

    रम्भा गाउँपालिकाका नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी र मंगोल नेशनल अर्गनाइजेसनले विज्ञप्ति जारी गर्दै वडा नम्बर ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी भेटिएको बताएका छन् ।

    चार दलका प्रतिनिधिहरूद्वारा हस्ताक्षरित विज्ञप्तीमा मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिहरू सहभागी नगराइएको, आवश्यक बिजुलीबत्तीको वैकल्पिक व्यवस्था नगरिएको, मतगणना स्थगित भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एक पक्षीय व्यक्तिहरूलाई प्रवेश दिइएको जस्ता आरोप लगाइएको छ ।

     


    आइतवार, जेठ १ २०७९०६:५९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij