Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

खोटाङका दुई वडामा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित

खोटाङका दुई वडामा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित

  • आइतवार, जेठ १ २०७९

  • 392
    SHARES

  • खोटाङका दुई वडामा नेकपा एसका दुई वडाध्यक्ष निर्वाचित

    खोटाङ । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । 

    केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका-३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् । खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।

    बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन् ।


    आइतवार, जेठ १ २०७९१०:१४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij