काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन) ले ६७४ मतको अग्रता लिएका छन् ।
४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणामअनुसार बालेन्द्रले १ हजार ९ सय मत पाएका छन् । बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले ११८९ मत ल्याएका छन् ।
कांग्रेसकी सिर्जना सिंहले ९९२ मत ल्याएर तेस्रो स्थानमा छिन् । राप्रपाका मदनदास श्रेष्ठले १९९ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएर प्रतिद्वन्द्वीसँग ठूलो मतान्तर कायम गरेकी छिन् ।
उनकी निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।
अहिले राष्ट्रिय सभागृहमा १,२,३,४ र ३२ वडाको मत गणना भइरहेको छ ।