Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बझाङको साइपाल गाउँपालिकाको नेतृत्वमा एमाले

बझाङको साइपाल गाउँपालिकाको नेतृत्वमा एमाले

  • आइतवार, जेठ १ २०७९

  • 368
    SHARES

  • बझाङको साइपाल गाउँपालिकाको नेतृत्वमा एमाले

    बझाङ । बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत सहित अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भएका छन् ।

    गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत ल्याइन् ।

    पालिकाकोवडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी बिजयी भएका छन् । वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्।

    यस्तै, वडानम्बर ४ मा नेपाली कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडानम्बर ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्।


    आइतवार, जेठ १ २०७९०९:४०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij